शिक्षा र स्वास्थ्य क्षेत्रको मुहार फेरेरै छाड्छु : नगर प्रमुख पौडेल

ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले आफु नगरको संरचनात्मक विकास गर्न लागेको बताउनुभएको छ । वडा नम्बर २३ मा रहेको जन सेवा युवा क्लबको उद्घाटन गर्दै नगर प्रमुख पौडेलले नगरको विकास गर्न आफु प्रतिवद्ध रहेको बताउनुभयो ।
‘म अहिले नगरको संरचनात्मक विकासतर्फ लागेको छु, यो कार्यमा सबैको साथ आवश्यक छ’ उहाले भन्नुभयो । उहाले शिक्षा र स्वास्थ्य क्ष्ँेत्रको मुहार फेरेरै छाड्ने बताउनुभयो । ‘मैले भन्दै आएको छु की बरु २–४ करोडको बाटो नबनाउला तर शिक्षा र स्वास्थ्यमा भने काम गरेरै छाड्छु’ उहाले भन्नुभयो ।
नगर प्रमुख पौडेलले डोजर चलाउनु मात्र विकास नभएको भन्दै नगरको विकासमा सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो । ‘अहिले विकास भनेको डोजर चलाउनुमात्र हो भनेर बुझ्ने बानी छ, तर अन्य क्षेत्रमा आएको परिवर्तन पनि विकास हो भन्ने बुझ्नुपर्छ’ उहाले भन्नुभयो ।