रोट्रयाक्ट सिमराद्धारा सहजनाथ मन्दिरमा उपचार तथा पानी वितरण
सहजनाथ मन्दिरमा आउने दर्शनार्थीलाई लक्षित गर्दै रोट्रयाक्ट क्लब अफ सिमराले सोमबार निःशुल्क प्राथमिक उपचारका साथै पानी तथा जुस वितरण शिविरको आयोजना गरेको छ ।
साउनको अन्तिम सोमबार मन्दिर दर्शनका लागि आउने दर्शनार्थीका लागि क्लबले प्राथमिक उपचार शिविरको आयोजना गर्दै पानी तथा जुस निःशुल्क वितरण गरेको हो ।
एभरग्रिन तराई सिमरा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरबाट करिब एक हजार दर्शनार्थीले सेवा लिएको क्लबका अध्यक्ष विवेककुमार साहले जानकारी दिए । पूर्वपश्चिम राजमार्गबाट मन्दिर प्रवेश गर्ने द्धारमा आयोजित शिविरमा सयौं दर्शनार्थीको प्राथमिक उपचार साथै करिब एक हजार जनालाई जुस तथा पानी वितरण गरिएको साहले बताए ।
सामाजिक गतिविधिमा सक्रिय रहदै आएको क्लबले क्लबका सदस्यबाट स्रोत जुटाएर कार्यक्रमको आयोजना गरेको हो । शिविरमा प्राविधिक सहयोग गरेको एभरग्रिन तराई सिमरा अस्पतालका हेल्थ असिस्टेन्ट केशव ठाकुर, क्लबका प्रतिमा खड्का, संजित चौरसिया, सुभम झा, किशोर ढकाल, सुमन सिंहलगायत सहभागी थिए ।















