जीतपुरको गुदरी र मिना बजार समिति गठन गर्न वडाको सुचना

ए वान डेस्क
३० श्रावण २०८०, मंगलवार ०८:३७

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको गुदरी र मिना बजार विकास समिति गठन गर्न वडाले सुचना जारी गरेको छ । एक सुचना जारी गर्दै वडा कार्यालयले गुदरी र मिना बजार विकास समिति गठन गर्न भनेको हो ।

समिति गठन गर्नको लागी वडा कार्यालयले भदौ १ गते वडा कार्यालयमा छलफल बोलाएको छ । वडा नम्बर ७ की कार्यबहाक वडा अध्यक्ष सिता उप्रेतीले समिति गठन गर्न आयोजित छलफलमा उपस्थित हुन वडावासीलाई आग्रह गर्नुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन कार्यपालिकाको कार्यविधि बमोजिम वडाले विकास समिति गठन गर्न लागेको हो ।

यस्तो छ वडाको सुचना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*