नेरामावि सिमरा जिल्लाकै सर्वोत्कृष्ट, चौधरीले ल्याए ३ दशमलव ८२ जिपिए

ए वान डेस्क
३२ श्रावण २०८०, बिहीबार २०:३९

बाराको जीतपुरसिमरा उपमहानगरपालीका स्थित रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका छात्र क्षितिज चौधरीले जिल्लाकै सर्वोत्कृष्ट नतिजा प्राप्त गरेका छन् ।

राष्ट्रिय परिक्षा वोर्डले हिजो मंगलबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा वाणिज्य संकायका चौधरीले ३ दशमलव ८२ जिपिए ल्याएका हुन् । यसैगरी विद्यालयका ९ जना विद्यार्थीले ३ दशमलव ६० भन्दा बढी जिपिए ल्याएका छन् ।

विद्यालयका कक्षा ११\१२ संयोजक खेम सुवेदीका अनुसार ३ सय ४४ जना विद्यार्थी परिक्षामा सहभागी भएका थिए । उनले राष्ट्रिय परिक्षा वोर्डले परिक्षार्थीको एकमुष्ट विवरण अपलोड नगरेका कारण समग्र परिक्षाफलवारे अहिले भन्न नसकिने बताए ।

यसैगरी बिद्यालयले कक्षा ११ का चार वटै संकायका कक्षामा यो वर्षका लागी भर्ना कार्यक्रम सम्पन्न गरिसकेको छ । करिव ३ सय भन्दा बढी बिद्यार्थी यो वर्ष कक्षा ११ मा भर्ना भएका छन् । उता कक्षा १२ बाट यो वर्षको राष्ट्रिय परिक्षा बोर्डको परिक्षामा ३ सय ५० भन्दा वढी बिद्यार्थी सहभागी हँुदैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*