पशुपति टोलमा निशुल्क आखा शिविर, १७५ जनाको आखा परिक्षण

ए वान डेस्क
६ भाद्र २०८०, बुधबार १३:३९

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको पशुपति टोलमा आखा शिविरको आयोजना गरिएको छ । पशुपती टोल बिकास समितिको आयोजना तथा हुलास स्टिल प्रा.लिको सहयोगमा शिविर आयोजना गरिएको हो ।

बिरगंज सामुदायिक आखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा १७५ जनाले आखा परिक्षण गराएका थिए । पशुपति टोल विकास समितिका अध्यक्ष सोमलाल बोम्जनले शिविरमा आखा परिक्षण गराएका मध्य ३४ जनामा मोतियाबिन्दु फेला परेको बताउनुभयो ।

अध्यक्ष बोम्जनले मोतियाबिन्दु देखिएकाहरुको अप्रेसनसमेत गरिने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*