जीतपुरसिमरा ८ मा श्री सैलेश बाबा मेलामा लाग्ने, तयारी अन्तिम चरणमा
ए वान डेस्क /
बाराको जीतपुरसिमरा उमपहानगरपालिकामा श्री सैलेश बाबा मेला लाग्ने भएको छ । श्री सैलेश बाबा मेला समिति वडा नम्बर ८ र ९ को आयोजनामा वडा नम्बर ८ स्थित छाताप्रिपा ईमिलिप्रति राजा नगर टोलमा मेला हुन लागेको हो ।
भदौ ८ गते शुक्रबार हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको मेला समितिका अध्यक्ष मेला समितिका अध्यक्ष राजदेव पाश्वानले जानकारी दिनुभयो । सैलेश बाबा मन्दिरमा लाग्ने मेलामा खेल, तमासा, कुस्तीसहित सास्कृतीक कार्यक्रम समेत हुनेछ ।
मेलामा मनोरञ्जनात्मक बाल उद्यानको समेत व्यवस्था गरिएको समितिका सह सचिव श्याम कुमार पाश्वानले जानकारी दिनुभयो । मेलाको बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ किशानले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
















