बारामा यात्रुलाई ट्राफिक नियम सिकाउदै पथलैया प्रहरी (फोटोसहित)

ए वान डेस्क
६ भाद्र २०८०, बुधबार १७:३०

ए वान डेस्क /

बाराको पथलैयामा रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले ट्राफिक सचेतना कार्यक्रमलाई तिब्रता दिएको छ । सडक दुर्घटना न्युनिकरण गर्ने उदेश्यका साथ सचेतना अभियान थालेको ट्राफिक प्रहरीले राजमार्गमा भेटिने यात्रुलाई ट्राफिक नियम सिकाउने गरेको छ ।

ट्राफिक प्रहरी सहायक निरीक्षक दिपक कुमार बस्नेतको नेतृत्व ट्राफिक प्रहरीले बारामा ट्राफिक नियम सिकाउदै आएको छ । यसैबिच, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले आजपनि ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

पथलैया वीरगंज सडक खण्डमा प्रहरी सहायक निरीक्षक दिपक कुमार बस्नेत सहितको ट्राफिक प्रहरी टोलीले सचेतना कार्यक्रम गरेको हो । ६५ जना मोटरसाईकल चालक तथा यात्रुहरुलाई ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरिएको प्रहरी सहायक निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

हेर्नुस् फोटो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*