जीतपुरसिमरा १७ मा बिद्यार्थिलाई ‘निशुल्क पोशाक’ वितरण
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको नेपाल राष्ट्रिय माद्ययामिक बिद्यालय रघुनाथपुरका बिद्यार्थिहरुलाई पोशाक वितरण गरिएको छ । नगर प्रमुख राजन पौडेलको विशेष उपस्थितिमा कक्षा १ देखि ५ सम्मका बिद्यार्थिहरुलाई पोशाक वितरण गरिएको हो ।
नगर प्रमुखमा निर्वाचित भएपछि पौडेलले पहिलो निर्णय नै सामुदायिक बिद्यालयमा अध्ययनरत्त कक्षा १ देखि ५ सम्मका बिद्यार्थिलाई निशुल्क पोशाक वितरण गर्ने निर्णय गर्नुभएको थियो ।सोही निर्णय बमोजिम बिद्यालयले बिद्यार्थिहरुलाई पोशाक वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न आफु गंभिर भएर लागेको बताउनुभयो । जीतपुरसिमराको शैक्षिक सुधार अभियानलाई प्रभावकारी ढंगले अघि बढाउने भन्दै उहाले सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।
















