शिक्षा सुधार मेरा पहिलो प्राथमिक्ता : वडा अध्यक्ष साह

ए वान डेस्क
९ भाद्र २०८०, शनिबार ०८:५८

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष बिन्दालाल साहले शिक्षा सुधार आफ्नो पहिलो प्राथमिक्तामा रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय आधारभुत बिद्यालय खैर्वाले आयोजना गरेको कार्यक्रममा बोल्दै वडा अध्यक्ष साहले यस्तो बताउनुभएको हो ।

आफुहरु हाल शैक्षिक सुधार अभियानमा रहेको भन्दै उहाले शिक्षामा राजनिति नगर्न आग्रह गर्नुभयो । ‘अहिले हामी शिक्षा सुधार गर्न लागिपरेका छौ, यसमा सबै मिलेर हातेमालो गरौ, कसैले पनि राजनिति नगरौ’ उहाले भन्नुभयो ।

वडा नम्बर ११ मा २ वटा सामुदायिक बिद्यालय रहेको भन्दै उहाले दुवैको स्तरउन्नतीको लागी यो बर्ष बजेट बिनियोजन गरिएको बताउनुभयो । उहाले सामुदायिक बिद्यालयबाट अग्रेजी शिक्षा प्रदान गर्ने तयारी भईरहेको भन्दै आफ्ना बालबालिकालाई बिद्यालय पठाउन आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*