वीरगञ्जका आन्दोलनकारी र प्रदेश सरकारबीचको वार्ता निष्कर्षविहीन

ए वान डेस्क
८ फाल्गुन २०७४, मंगलवार १६:२९

वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउनने माग राखेर आन्दोलन गरिरहेको संर्घष समिति र सरकारी वार्ता टोलीबीचको वार्ता बिनानिश्कर्ष टुुगिंएको छ ।

प्रदेश सरकार र संघर्ष समितिबीच मंगलबार विहान वीरगञ्जमा भएको पहिलो वार्ता विना निश्कर्ष टुंगिएको हो ।

वार्तामा प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्ऽ सोनलले आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए ।

तर, संघर्ष समितिले आफ्नो अडान यथावत राखेपछि वार्ता निश्कर्षमा पुग्न नसेको हो ।

संघर्ष समितिका सह संयोजक राजकुमार गुप्ताले सरकाररी टोलीले माग पूरा गर्न सक्ने खालको नरहेको बताएपछि वार्ता निश्कर्षमा पुग्न नसकेको जानकारी दिए । ‘माग पूरा गर्न नसक्ने खालको छ भन्दै सरकारी टोलीले आन्दोलन स्थगित गर्न आग्रह गर्नुभयो’ उनले भने ‘हामीले माग पुरा नभएसम्म आन्दोलन स्थगित गर्दैनौं भन्ने जावाफ दियौं ।’

मुख्य मन्त्री लालबाबु राउतले संघर्ष समितिसँग वार्ता गर्ने जिम्मा मन्त्री सोनललाई दिएका थिए ।

मन्त्री सोनलले वार्ता सकारात्मक भएको र संवादलाई निरन्तरता दिने सहमति भएको जानकारी दिए ।

वार्तामा संर्घष समितिका तर्फबाट संयोजक एवं पूर्वमन्त्री सुरेन्ऽ चौधरी, सह-संयोजक राजकुमार गुप्ता, बसरुदिन अन्सारी, शम्भु गुुप्ता, अरबिन्द गुुप्ता, मनोज चौधरी, बाबुराम कौशिक लगायत वार्तामा बसेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*