जीतपुरसिमरा ८ मा श्री सहलेश बाबा मेलाको आयोजना
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ मा श्री सहलेश बाबा मेला सम्पन्न भएको छ । श्री सहलेश बाबा मेला समिति वडा नम्बर ८ र ९ को आयोजना भएको मेला शुक्रबार सम्पन्न भएको हो ।
मेलाको एक कार्यक्रमकाबिच बारा क्ष्ँेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ किशानले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सविधानसभा सदस्य राधेश्याम पासवान लगायतको उपस्थिति रहेको थियो ।
मेला समितिका अध्यक्ष राजदेव पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रम भब्य रुपमा सम्पन्न भएको मेला समितिका सह सचिव श्याम पासवानले जानकारी दिनुभयो । वडा नम्बर ८ ईमिलिपतिस्थित सहलेश बाबा मन्दिरमा आयोजना गरिएको मेलामा खेल, तमासा, कुस्तीसहित सास्कृतीक कार्यक्रम समेत गरिएको थियो ।
मेलामा मनोरञ्जनात्मक बाल उद्यानको समेत व्यवस्था गरिएको थियो ।















