सिमरामा होटल तथा पर्यटन बिकासको सम्भावना र चुनौती विषयक अन्र्तक्रिया सम्पन्न

ए वान डेस्क
९ भाद्र २०८०, शनिबार १७:१५

ए वान डेस्क /

बाराको सिमरामा होटल तथा पर्यटन बिकासको सम्भावना र चुनौती विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । होटल तथा पर्यटन व्यवसायी संघ बाराको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले बारा पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्ला भएको भन्दै यसको प्रवद्र्धनमा सबै लाग्नुपर्ने बताउनुभयो । उहाले पर्यटन प्रवद्र्धन अभियानमा आफुहरु पनि हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ बाराका संस्थापक अध्यक्ष एवं जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले पर्यटन प्रवद्र्धन गर्न स्थानीय तहको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । उहाले स्थानीय तहले चासो देखाए जिल्लामा ठुलो संख्यामा पर्यटकको आवागमन हुने बताउनुभयो ।

कार्यक्रममा नेपाली सेनाका श्री २८ नम्बर बाहिनी पति सानुकाजि थापा लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभिन्न पालिका जनप्रतिनिधिहरु, बिभिन्न संघ संस्थाका पदाधिकारीहरु, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिभिन्न क्ष्ँेत्रका सरोकारवालाहरुले आफ्नो धारणा समेत राखेका थिए । कार्यक्रम सिमरास्थित श्रेष्ठ होटल रेसिडेन्सिमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*