औराहामा ‘राम दाई’ को घर बनाउन जुटे वडा अध्यक्ष के.सी

ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ईश्वर के.सी स्थानीय राम बहादुर कार्कीको नया घर बनाउने अभियानमा जुटेका छन् । सामाजिक क्षेत्रमा सक्रिय वडा अध्यक्ष के.सी औराहा निवासी कार्कीको नया घर बनाउने अभियानमा जुटेका हुन् ।
यसअघि पहिलो पटक भुमिनन्द सिम्खडा (काईला दाई) घर बनाएका वडा अध्यक्ष के.सी अहिले कार्कीको नया घर बनाउने अभियानमा लागेका हुन् । जिर्ण अवस्थामा रहेको कार्कीको घर बर्षाको समयमा जलमग्न हुने गरेको छ ।
ज्याला मजदुरी गरी परिवार पाल्दै आएका कार्कीको नया घर निर्माण अभियानमा सबैलाई सहयोग गर्न वडा अध्यक्ष के.सीले आग्रह गर्नुभयो । सामाजिक सञ्जाल फेसबकुमा स्टाटस लेख्दै के.सीले सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।