जीतपुरमा वडाले खोल्यो आफ्नै लेडिज टेलर्स, महिलालाई स्वरोजगार बनाउने उदेश्य
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ ले जीतपुरमा सिलाई कटाई लेडिज टेलर्स सञ्चालन गरेको छ । महिलाहरुलाई स्वरोजगार बनाउने उदेश्यका साथ वडा कार्यालयले टेलर्स सञ्चालन गरेको हो ।
४५ दिने सिलाई कटाई तालिममा सहभागि भएका मध्य १० जना महिलालाई छनोट गरी वडाले टेलर्स सञ्चालन गरेको हो । वडा कार्यालयले केहिसमय अघि महिलाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम दिएको थियो ।
टेलर्सको आज एक कार्यक्रमका बिच वडा अध्यक्ष सुनिल गुप्ताले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष गुप्ताले महिलाहरुलाई आत्मनिर्भर बनाउन टेलर्स स्थपना गरिएको बताउनुभयो । सिपले आर्य आर्जन बृद्धि गर्ने भन्दै वडा अध्यक्ष गुप्ताले महिलाहरुलाई आत्मनिर्भर बनाउन वडा गंभिर भएर लागेको बताउनुभयो ।
सो अवसरमा वडा सदस्य सिता उप्रेतीले वडा कार्यालयले १ महिनाको सटर भाडासमेत तिरिदिने बताउनुभयो । उहाले महिलाहरुलाई आत्मनिर्भर बनाउन वडाले विशेष भुमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले बारा जिल्ला सल्लाहकार कमिटि सदस्य अफताब मिया ठकुराई, महिला सरोकार मंच जीतपुरका अध्यक्ष देवी सापकोटा लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्य नुरुल होदा, ललिता देवी पासवान लगायतको उपस्थिति रहेको थियो ।















