सडक बिभागको १५ दिने म्याद : अब कसले हटाउछ ‘कुरुप बजार’ ?

ए वान डेस्क /
पथलैया–विरगञ्ज सडक खण्डभित्र पर्ने अनाधिकृत बजार हटाउन केहिदिन अघि व्यापारिक मार्ग विस्तार योजना सडक बिभागले १५ दिने सुचना जारी गर्यो । ६ लेन सडकको सर्भिस लेन र त्यस क्षेत्रभित्र पर्ने अनाधिकृत बजार हटाउने म्याद पनि सकियो ।
सर्वपक्षिय छलफलबाट सर्भिस लेनको फुटपाथ बजार र पार्किङ हटाउन सहमती भए अनुरुप १५ दिने म्याद सकिदा समेत अहिले सम्बन्धीत निकाय मौन छन् । जसका कारण ६ लेन सडकको अनाधिकृत फुटपाथ, पार्किङ र बजार हटाउने बारे प्रशासन र स्थानिय तह बिच समन्वय हुन नसक्दा सडक अस्तव्यस्त बनेको छ ।
पथलैया–बिरगञ्ज औधोगिक सडक ६ लेनको भएपनी सो समस्याले गर्दा बिचको चार लेन मात्रै प्रयोगमा छ । अव्यवस्थित सवारी पार्किङ र अनाधिकृत फुटपाथ बजारले जीतपुरसिमराको मुख्य बजार मानिने जीतपुर अस्तव्यस्त बनेको छ । छ लेन सडकको दुवैतर्फको सर्भिस लेन, बजार र सवारी साधनले दिनहुँजसो भरिभराउ देखिन्छ ।
सडकमा नो पार्किङको वोर्ड टाँसेको क्षेत्रमा सवारी र फुटपाथ व्यवसायले बजार अव्यवस्थित बनिरहेको छ । नो पार्किङको वोर्ड राखिदिएपनी ट्राफिक प्रहरीले व्यवस्थापन गर्न चासो देखाईरहेको छैन ।
बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले स्थानिय तहले नेतृत्व लिए प्रशासन खाली गर्न तयार रहेको बताउनुभयो । उहाले सडकमा डन्डा चलाएर मात्रै समस्याको समाधान हुन नसक्ने भन्दै स्थानिय जनप्रतिनिधीले नेतृत्व नलिएका कारण सडकमा त्यो अवस्था सिर्जना भएको बताउनुभयो ।
यसबिषयमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले केहिदिनअघि सुचना जारी गर्दै १५ दिने म्यादलाई कार्यान्वय गर्न सवै पक्ष लाग्नुपर्ने धारणा राख्यो । संघका अध्यक्ष मोहन प्रसाद लामिछानेले प्रशासन र स्थानिय तहले सहकार्य गरे अनाधिकृत बजार र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न वाणिज्य संघ तयार रहेको बताउनुभयो ।
यता जीतपुरसिमरा उपमहानगरपालीकाका नगर प्रमुख राजन पौडेलले ६ लेन सडक निमयनको जिम्मेवारी स्थानिय तहको नभएको धारण राख्नुभयो । सडक व्यवस्थापनको नेतृत्व लिने ट्राफिक प्रहरी र प्रशासनले नेतृत्व लिएर छ लेन सडकको मापदण्डलाई पुर्ण कार्यान्वयमा ल्याउनुपर्ने बताउनुभयो ।
राष्ट्रिय राजमार्गको पुर्ण नियमन गरी सिमरा, पथलैया, जितपुर, परवानीपुर लगाएतका स्थानमा छ लेन सडकमै पार्किङ र अनधिकृत बजार हटाउन सवै पक्षको सहकार्य आवस्यक रहेपनी प्रहरी प्रशासन र ट्राफिक प्रहरी जिम्मेवारीबाट पन्छिन नमिल्ने पौडेलले धारणा राख्नुभयो ।