चोरलाई समातेपछि माला लगाएर स्वागत, कारण यस्तो

ए वान डेस्क
१७ भाद्र २०८०, आईतवार ०९:०९

सामान्यतया: एउटा एउटा चोर समातिँदा कुनै ठाउँका स्थानीयले के गर्लान् ? चोर समातिँदा कुटपिट गर्ने गरेका घटना प्रशस्तै सुनिन्छन् । कतै समातेर प्रहरीलाई बुझाउने समेत गरिएको छ ।

तर, भारतको पन्जाबका स्थानीयले भने चोरलाई समातेर माला पहिराएर स्वागत गरेका छन् । चोरीका घटनाबाट हैरान भएका पटियालाका स्थानीयले एक चोरलाई समातेर घाटीमा माला पहिराउँदै ताली बजाएर स्वागत गरेका हुन् ।

भारतीय सञ्चार माध्यमका अनुसार पटियालाको रवास ब्राह्मणा गाउँका स्थानीयले दुई चोरलाई समातेका थिए । एक फरार भए । अर्कालाई भने माला लगाइदिएका हुन् ।

चोर समातेर कुटपिट गर्दा प्रहरीले किन कुटेको भन्दै सोधपुछ गर्ने भएकोले माला लगाएर स्वागत गरिएको उनीहरूले बताएका छन् ।

गाउँकै गुरजित सिंह नामका युवकलाई उनीहरूले समातेर माला लगाएका हुन् । उनको समूह निरन्तर चोरीमा संलग्न रहेको गाउँलेले बताएका छन् । उनले गाउँमा मोटरसाइकल चोरी गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*