साना किसान मनहर्वाको आयोजनामा आँखा शिविर सम्पन्न, २८१ जनाको आँखा परिक्षण

ए वान डेस्क
२३ भाद्र २०८०, शनिबार २१:४१

जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १८मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा बाराले एकदिने आँखा शिविर सम्पन्न गरेको छ । तिलगंगा आँखा अस्पतालको शाखा कार्यालय निजगढ सामुदायिक आँखा अस्पतालको सहयोगमा शिविर सम्पन्न भएको हो ।

कलैया उपमहानगरपालिका वडा नं.२ स्थीत अमर माध्यमिक विद्यालय परिषरमा विहिबार सम्पन्न निःशुल्क शिविरमा २०२ जना महिला सहित २८१ जनाको आँखा परिक्षण भएको छ ।

परिक्षण गरिएका मध्य ७० जनाको आँखामा मोतिया बिन्दु फेला परेपछी उनीहरुको निजगढमा निःशुल्क शल्यक्रिया हुने भएको छ । निजगढे सामुदायिक आँखा अस्पतालले ती विरामीलाई घरबाटै लाने र शल्यक्रीयापछी घरघरमै पुर्याउने ब्यवस्था मिलाईएको जनाएको छ ।

निजगढ सामुदायिक आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ दिपक सुवेदीको टिमले विरामीहरुको आँखा परिक्षण गरेको थियो । टिममा नेत्र सहायक अनिल साउद, अस्मीता साह, निर्मला तामाङ्ग र रंजना गोपालीको सहभागिता थियो ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले तिलगंगा तथा हेटौंडा आँखा अस्पतालसँगको सहकार्यमा बर्षेनी शिविर संचालन गर्दै सयौंलाई सेवा दिँदै आईरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*