प्रथम कलैया भेट्रान : आज तिन खेल हुने

ए वान डेस्क /
बाराको सदरमुकाम कलैयामा जारी प्रथम कलैया भेट्रान गोल्डकप २०८० मा आज तिन खेल हुदैछ । प्रतियोगिता अन्र्तगत आज पहिलो खेल गार्खा फुटबल क्लब सर्लाही र आर.टि.वाई.सिबिच हुनेछ ।
दुईटिमबिचको पहिलो खेल दिउसो २ बजेदेखि शुरु हुने आयोजक सहयोगी फुटबल क्लबका अध्यक्ष बिनोद कुमार गुप्ताले जानकारी दिनुभयो । यसैगरी आजै दोश्रो खेल कलैया फुटबल क्लब र खैरवा फुटबल क्लब खैरवाबिच हुनेछ । गुप्ताका अनुसार दोश्रो खेल ३ बजेदेखि शुरु हुनेछ ।
यस्तै तेश्रो खेल युनिटी युथ क्लब विरगञ्ज र कोल्हवी सिटि भेट्रान कोल्हवीबिच हुनेछ । दुई टिमबिचको तेश्रो खेल दिउसो ४ बजेदेखि शुरु हुनेछ । श्री सिद्धेश्वर खेल मैदानमा हिजोदेखि शुरु भएको प्रतियोगिता भदौ ३० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १८ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले नगद ५० हजार र उप बिजेताले नगद २५ हजार रुपैया पाउने अध्यक्ष गुप्ताले जानकारी दिनुभयो । प्रतियोगिता अन्र्तगत हिजो भएको उद्घाटन खेलमा हेटौडा भेट्रान र विरगञ्ज सिटि फुटबल क्लब विजयी भएको छ ।