प्रथम कलैया भेट्रान : आज तिन खेल हुने, भिड्दैछन् यी टिम

बाराको सदरमुकाम कलैयामा जारी प्रथम कलैया भेट्रान गोल्डकप २०८० मा आज पनि तिन वटा खेल हुदैछ । प्रतियोगिता अन्र्तगत आज पहिलो खेल कमला डाडा भेट्रान्स हेटौडा र एन.जे.जे.वाइ.सि भेट्रान सिमराबिच हुनेछ ।
दुईटिमबिचको पहिलो खेल दिउसो २ बजेदेखि शुरु हुने आयोजक सहयोगी फुटबल क्लबका अध्यक्ष बिनोद कुमार गुप्ताले जानकारी दिनुभयो । यसैगरी आजै दोश्रो खेल विरगञ्ज युथ एकेडेमी भेट्रान र नागसोती भेट्रानबिच हुनेछ । गुप्ताका अनुसार दोश्रो खेल ३ बजेदेखि शुरु हुनेछ ।
यस्तै तेश्रो खेल बकुलिया भेट्रान र चितवन भेट्रानबिच हुनेछ । दुई टिमबिचको तेश्रो खेल दिउसो ४ बजेदेखि शुरु हुनेछ । यसअघि हिजो भएको खेलमा आरटिवाईसि भेट्रान सिमरा, कलैया फुटबल क्लब र युनिटि युथ क्लब विरगञ्ज विजयी भएको छ ।
श्री सिद्धेश्वर खेल मैदानमा हिजोदेखि शुरु भएको प्रतियोगिता भदौ ३० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद ५० हजार र उप बिजेताले नगद २५ हजार रुपैया पाउने अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।