प्रथम कलैया भेट्रान कप : आज सेमिफाईनल खेल हुने, को–को भिड्दैछन् ?

ए वान डेस्क /
बाराको सदरमुकाम कलैयामा जारी प्रथम कलैया भेट्रान गोल्डकप २०८० मा आज सेमिफाईनल खेल हुदैछ । प्रतियोगिता अन्र्तगत आज दुई वटा सेमिफाईनल खेल हुने आयोजक सहयोगी फुटबल क्लबले जनाएको छ ।
पहिलो खेल युनिटि युथ क्लब विरगञ्ज र हेटौडा भेट्रानबिच हुनेछ । दुई टिमबिचको खेल दिउसो ३ बजेदेखि शुरु हुने क्लबका अध्यक्ष बिनोद कुमार गुप्ताले जानकारी दिनुभयो । यसैगरी दोश्रो खेल विरगञ्ज सिटि फुटबल क्लब र नागसोती भेट्रान हेटौडाबिच हुनेछ । खेल बेलुकी ४ बजेपछि शुरु हुने अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।
दुईटिमबिचको पहिलो खेल दिउसो २ बजेदेखि शुरु हुने आयोजक सहयोगी फुटबल क्लबका अध्यक्ष बिनोद कुमार गुप्ताले जानकारी दिनुभयो । यसैगरी आजै दोश्रो खेल विरगञ्ज युथ एकेडेमी भेट्रान र नागसोती भेट्रानबिच हुनेछ । गुप्ताका अनुसार दोश्रो खेल ३ बजेदेखि शुरु हुनेछ ।
यसअघि हिजो भएको पहिलो क्वाटरफाईनल खेलमा युनिटि युथ क्लब विरगञ्जले अभिषेक चर्च नवलपरासीलाई पराजित गरेको थियो भने दोश्रो खेलमा नागसोती भेट्रान हेटौडाले चितवन भेट्रानलाई पराजित गरेको थियो ।
श्री सिद्धेश्वर खेल मैदानमा जारी प्रतियोगिता भदौ ३० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद ५० हजार र उप बिजेताले नगद २५ हजार रुपैया पाउने क्लबका महासचिव रमेश साहले जानकारी दिनुभयो ।