प्रथम कलैया भेट्रान कपको समापन भोलि, मन्त्री सुनिता यादव आउने

ए वान डेस्क /
बाराको सदरमुकाम कलैयामा जारी प्रथम कलैया भेट्रान कप फुटबल प्रतियोगिता २०८० को भोलि समापन हुदैछ । भोलि एक कार्यक्रमकाबिच प्रतियोगिताको समापन गर्ने तयारी गरिदैछ ।
सहयोगी फुटबल क्लबको आयोजनामा भदौ २३ गतेदेखि श्री सिद्धेश्वर खेल मैदानमा जारी प्रतियोगिताको भोलि मधेश प्रदेशका उद्योग तथा पर्यटन मन्त्री सुनिता यादवले समापन गर्ने कार्यक्रम छ । आयोजक क्लबका अध्यक्ष बिनोद कुमार गुप्ताले प्रतियोगिताको समापन समारोहमा सहभागि हुन मन्त्री यादव भोलि कलैया आउन लाग्नुभएको हो ।
१८ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद ५१ हजार र उप बिजेताले नगद २५ हजार रुपैया प्राप्त गर्नेछन् ।