युनिटि विरगञ्जले उचाल्यो प्रथम कलैया भेट्रान कपको उपाधी

ए वान डेस्क
३१ भाद्र २०८०, आईतवार १५:०३

ए वान डेस्क /

बाराको कलैयामा जारी प्रथम कलैया भेट्रान कप फुटबल प्रतियोगिता २०८० को उपाधी युनिटि भेट्रान क्लब विरगञ्जले उचालेको छ । श्री सिद्धेश्वर खेल मैदानमा भएको फाईनल खेलमा नागसोती भेट्रान हेटौडालाई पराजित गर्दै युनिटि भेट्रान विरगञ्जले उपाधी उचालेको हो ।

निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । रोमाञ्चक अनि प्रतिस्पर्धात्मक बनेको खेलको ट्राईबेकरमा पनि दुवै टिमले बराबरी गोल गरेपछि खेलको नतिजा सडनदेथमार्फत निकालिएको थियो ।

बिजेतासंगै युनिटि विरगञ्जले नगद ५१ हजार रुपैया प्राप्त गरेको छ भने नागसोती हेटौडाले नगद २५ हजार रुपैयामा चित्त बुझाएको छ । बिजेता युनिटि विरगञ्जलाई कार्यक्रमकाबिच मधेश प्रदेशकी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले नगदसहित ट्रफी प्रदान गर्नुभएको थियो । प्रतियोगिता अन्र्तगत युनिटि भेट्रान विरगञ्जका सुविन घिमिरे सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

यस्तै बेस्ट डिफेन्समा नागसोती भेट्रानका बिरेन्द्र कुमार खत्री, बेस्ट गोलकिपरमा युनिटि भेट्रानका निजामुद्धिन अंसारी, हाईस्कोररमा युनिटि भेट्रानका सुलभजंग राणा (६ गोल) र बेस्ट फरवार्डमा युनिटि भेट्रानका सुविन घिमिरे घोषित भए । सहयोगी फुटबल क्लबको आयोजनामा भदौ २३ गतेदेखि शुरु भएको प्रतियोगितामा १८ वटा टिमले सहभागिता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*