कमल र आरके खत्रीको “नाँच छौडी नाँच” सार्वजनिक

ए वान डेस्क
१४ आश्विन २०८०, आईतवार १९:४७

चर्चित गायक कमल खत्री र आरके खत्रीको नँया गित “नाँच छौडी नाँच” सार्वजनिक भएको छ । फेस्बुक र टिकटकमा चर्चित बनेको उक्त गितको भिडियो कमल खत्रीको आफ्नै युटुव च्यालनबाट विश्वभर एकसाथ सार्वजनिक भएको हो ।

गायक कमल खत्रीको आफ्नै शब्द र संगितमा तयार भएको उक्त गितलाई बिजेश्वर राई तन्दुकरले एरेन्ज गरेका छन् भने गितमा भ्योमा र सुनिता लम्गोडले र्याप हानेका छन् ।

चर्चित गायक कमल र आरकेको स्वरमा रहेको “नाँच छौडी नाँच” गितको भिडियोमा मेलिना मैनाली, काजल कर्ण, पुजा ठाकुर, जास्मिन मगरले अभिनय गरेका छन् । राजिभ समरको निदेर्शनमा तयार भएको उक्त गितको भिडियोलाई पवन सुस्लिङले सिनेमाटोग्राफी र इडिट गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*