१७ वर्षीया किशोरी सात दिनसम्म बलात्कृत, एक जना पक्राउ

ए वान डेस्क
१९ आश्विन २०८०, शुक्रबार १५:२६

झापा : १७ वर्षीया किशोरीलाई सात दिनसम्म बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेका छन्।

पक्राउ पर्नेमा बाह्रदर्शी गाउँपालिका–२ बस्ने २० वर्षीय अजय शर्मा खत्वे रहेका छन्। उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

खत्वेले ती किशोरीलाई खोटाङ दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा असोज १० देखि १७ गतेसम्म जबजरजस्ती जरणी गरेको भन्ने उजुरी परेको थियो।

सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ पठाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*