जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघद्धारा करदाता शिक्षा कार्यक्रम आयोजना

ए वान डेस्क
२३ आश्विन २०८०, मंगलवार ०६:५४

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले मातहतमा रहेका उद्योग तथा व्यवसायीहरुलाई कर शिक्षा सम्वन्धी तालिमको आयोजना गरेको छ । संघले आफ्नो सभाहलमा एक कार्यक्रमको आयोजना गरी कर शिक्षा कार्यक्रम संचालन गरेको हो ।

व्यवसायी तथा उद्योगीहरुलाई कर तथा राजस्व सम्वन्धी जानकारी र आन्तरिक राजश्व कार्यालयमा वुझाउनुपर्ने कागजात चुस्तदुरुस्त राख्ने सम्वन्धी जानकारी दिइएको छ ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख राजकुमार खतिवडाले उद्योगी तथा व्यवसायीहरुलाई करको दायरा र राजश्व समयमै तिर्दा हुने फाइदा र वेफाइदाहरु बारे जानकारी गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका खतिवडाले कुनैपनी व्यवसायी र उद्योगीहरुलाई कार्यालयले दुःख दिने मनसाय कहिले नराख्ने भन्दै अति सामान्य कुरामा ध्यान नदिँदा पछी ठुलो समस्या आइपर्ने भएकाले राज्यलाई कर तिर्न ठिलासुस्ती गर्न नहुने धारण राखे ।

कार्यक्रममा कार्यालयका कर अधिकृत पप्पु कुमार गुप्ताले सहभागीहरुलाई प्रशिक्षण दिएका हुन् ।

कार्यक्रम वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै लामिछानेले कर कार्यालय र उद्योग व्यवसायीको सम्वन्ध सुमधुर हुनुपर्ने बताए ।

उनले कुनैपनी व्यवसाय संचालन गर्नुअघि कर कार्यालयमा दर्ता भईमात्र गनुपर्ने भन्दै आर्थिक मन्दिका बिच व्यवसायमा नकारात्मक असर परेको अवस्थाले अनुगमनलाई जरिवानामा मात्रै केन्द्रित नगर्नहुन कार्यालयलाई ध्यानाकर्षण समेत गराएका छन् ।

कार्यक्रममा नगर उद्योग वाणिज्य संघ मातहतका बिभिन्न वस्तुगत समितीहरुको नेतृत्व सहित करिव २ सय स्थानिय व्यवसायी तथा उद्योगीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजीकरण संघका महासचिव प्रकास गिरीले गरेका थिएभने संघका वरिष्ठ उपाध्यक्ष मनोज गुप्ताले धन्यवाद ज्ञापन गरेका थिए

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*