चीनमा रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ह्दयाघात

ए वान डेस्क
२ कार्तिक २०८०, बिहीबार १०:२८
awfO tyf z'esfdgf lbOFb} sf7df8f}+, !% r}t M u[x dGqfnon] z'qmaf/ cof]hgf u/]sf] pkk|wfg Pjd u[xdGqL gf/fo0fsfhL >]i7nfO{ awfO tyf z'esfdgf lbOFb} . tl:a/M ls/0f/fh lji6÷/f;;

चीनको बेइजिङमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सामान्य हृदयघात भएको छ ।

बुधबार दिउँसोदेखि छाती दुख्न थालेकोमा बेलुका धेरै नै च्यापेपछि उनलाई अस्पताल लगिएको थियो । परीक्षणका क्रममा श्रेष्ठलाई माइनर हर्ट हट्याक भएको देखिएको वेइजिङस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताए ।

उनको मुटुको एन्जीओप्लास्टी गरिएको छ । श्रेष्ठको अपरेशन सफल भएको र अहिले अवस्था सामान्य रहेको छ । आईसीयूमा रहेका उनको अवस्था खतरामुक्त रहेको पनि अस्पतालले जनाएको छ । उनलाई २४ घण्टा निगरानीमा राखिने अस्पतालले जनाएको छ ।

श्रेष्ठ बिआरआई सम्मेलनमा भाग लिन चीन पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*