पर्सा : जग्गा विवादका क्रममा घाइते महिलाको मृत्यु
जग्गा विवादका क्रममा भएको झडपमा परेर पर्सामा एक महिलाको मृत्यु भएको छ ।
ज्यान गुमाउनेमा छिपहरमाई गाउँपालिका – २ भेडिअर्वाकी ५० वर्षीय रितादेवी रहेकी छन् । उनको गत सोमवार राति उपचारको क्रममा एलएस न्युरो अस्पतालमा मृत्यु भएको र गत मङ्गलवार शल्य परीक्षण गरी दाहसंस्कार गरिएको परिवारजनले बताएका छन् ।
स्थानीय धनई बरईका छोरा सन्दीप बरई, आफन्तजनक दिनेश बरई, रमेश बरई, मुनीलाल साह कानूलगायतले रितालाई कुटपिट गरेका परिवारको आरोप छ । रितालाई सन्दीपले बाँसको फाटाले प्रहार गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।















