सिमरा दुर्घटना : मोटरसाईकल बचाउँन खोज्दा बस पल्टियो ! एकको मृत्यु, ११ घाईते
बाराको सिमरा चोकमा मोटरसाईकलाई बचाउँन खोज्दा यात्रु बस पल्टिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरा चोकमा चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना ७ ख ४७४९ नं. को बस गएराती पल्टिएको हो ।
मोटरसाईकललाई बचाउने क्रममा बस अनियन्त्रीत भई दुर्घटना हुँदा एक जनाले मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बारा, कलैयाका अनुसार भारतको मोतिहारी जिल्ला पोखरीया पपरीया ढाका किरैया घर भई वीरगंज–७ बस्ने अन्दाजी २७ वर्षिय मुकेश साहको मृत्यु भएको छ ।
दुर्घटनामा ११ जना घाईत भएका छन् । जसमा बाराका ४ जना छन् भने ७ जना पर्साका हुन् ।
दुर्घटनामा बसका सहचालक जीतपुरसिमरा २ का १९ वर्षिय अनिष राई घाईते भएका छन् । उनको ढाड र छातीमा चोट लागेको र अवस्था मध्यम अवस्था रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै कलैया उपमहानगरपालिका–२० का ४५ वर्षिय विर बहादुर महतोको टाउको र छातीमा चोट लागेको र अवस्था गम्भिर छ ।
त्यस्तै कलैया ७ बस्ने वर्ष १८ को प्रसाद गुप्ताको टाउको र अनुहारमा चोट अवस्था मध्यम रहेको छ । सोही ठाउँका ३५ वर्षिय अविनाश गुप्ताको दुवै खुट्टा र छातीमा चोट लागेको र अवस्था मध्यम रहेको छ ।
त्यसैगरि वीरगंज ८ का वर्ष ३० को सुरज साह कानुको टाउको र छातीमा चोट लागेको र अवस्था गम्भिर छ । सोही ठाउँका वर्ष १८ की प्रीया गुप्ताको टाउको, खुट्टार शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम छ । सोही ठाउँका १६ वर्षिया मनिषा साहको टाउको र अनुहारमा चोट लागेको र अवस्था मध्यम छ ।
त्यस्तै वीरगंज १२ बस्ने २३ वर्षिया सेजल गुरूङको छातिमा चोट लागेको छ र अवस्था मध्यम छ ।
त्यस्तै वीरगंज–८ वर्ष ५२ को ललन चौरसियाको टाउको र अनुहारमा चोट लागेको छ र अवस्था मध्यम छ ।
त्यस्तै वीरगंज १२ बस्ने २७ वर्षिय राजन कुमार गुप्ताको छाती र हातमा चोट लागेको र अवस्था मध्यम छ ।
त्यस्तै वीरगंज ८ बस्ने २८ वर्षिय मोहन साह कानुको टाउको र छातीमा चोट लागेको र अवस्था मध्यम रहेको बारा प्रहरीले जनाएको छ ।















