टी-२० विश्वकपको एसिया छनोटमा नेपालको विजयी सुरूवात, सिंगापुर ८ विकेटले पराजित

ए वान डेस्क
१३ कार्तिक २०८०, सोमबार १२:१५

सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा लागि भएको एसिया छनोटमा सोमबार नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको छ।

१४६ रनको लक्ष्य पाएको नेपालले १६.३ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टायो। योसँगै प्रतियोगिताको नेपालले विजयी सुरूवात गरेको छ।

नेपालका लागि कुशल भुर्तेल ७४ र आशिफ शेख २७ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेल र कुशल मल्लले अविजित रहँदै क्रमश: ३४ र ६ रन जोडे।

सिंगापुरका अक्षय पुरी र अनन्थ पन्थले एक-एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो।

उसका लागि रोहन रंगराजनले सर्वाधिक ४८ रन बनाए।

आर्यबीर चौधरी ३७, मनप्रित सिंह २४ रनमा आउट हुँदा अक्षय पुरीले नटआउट १३ रन जोड। बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका अबिनाश बोहराले तीन, करण केसी, गुल्सन झा र सन्दीप लामिछानेले एक-एक विकेट लिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*