साना किसान डुमरवानाको २७औं वार्षिक साधारणसभा सम्पन्न

ए वान डेस्क
१ पुष २०८०, आईतवार १५:२३

जितपुरसिमरा उपमाहानगरपालिका वडा नम्बर १५ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाको २७औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन बारा क्षेत्र नं. १ का संघीय सांसद अच्युत मैनालीले गरेका हुन् ।

साधारणसभाको उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १४ की वडाध्यक्ष चयन गुरुङ, वडा नं १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, जिल्ला संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न सहकारी संस्थाका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि र शेयर सदस्यको उपस्थिती रहेको थियो ।

साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता, ऋण कारोबार, समूह बचतलगायत विभिन्न क्षेत्रका शेयर सदस्य र सेवा केन्द्रका सदस्यलाई सम्मान गरेको थियो । सोही अवसरमा संचारकर्मी सीता अधिकारीलाई समेत सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष प्रदीप सिंह बरालको अध्यक्षतामा सम्पन्न साधारणसभाको सहजीकरण बरिष्ठ प्रबन्धक राजेन्द्र जमकटेलले गरेका थिए । उद्घाटन कार्यक्रममा उपाध्यक्ष सुकुमाया वाइवाले स्वागत मन्तब्य राखेकी थिईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*