जनता मा.बि रजघट्टालाई ‘उत्कृष्ट कारोबारकर्ता’ सम्मान
ए वान डेस्क /
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सिमरा शाखाले जनता मा.बि रजघट्टालाई उत्कृष्ट कारोबार कर्ताको रुपमा सम्मान गरेको छ ।
बैंकको ५९औ बार्षिक उत्सवको अवसरमा सिमरा शाखाले जीतपुरसिमरा १४ मा रहेको जनता मा.बिलाई उत्कृष्ट कारोबार कर्ताको रुपमा सम्मान गरेको हो । बैकले प्रदान गरेको बैंकिङ सेवा सुविधाहरुलाई बिश्वास गरी निरन्तर कारोबार गरिहेको भन्दै जनता मा.बिलाई आज एक कार्यक्रमकाबिच सम्मान गरिएको हो ।
सो सम्मान पत्र बिद्यालयका प्रधानाध्यापक राजु प्रसाद अधिकारीले ग्रहण गर्नुभएको थियो ।















