सिमरा जेसीजद्वारा चकरीमा न्यानो कपडा वितरण

ए वान डेस्क
१४ माघ २०८०, आईतवार ०९:१९

 

सिमरा जेसीजले जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित चकरीमा शनिबार न्यानो कपडा वितरण गरेको छ ।

जेसीजले चकरीका ७० जना स्थानीयलाई ट्रयाकसुट वितरण गरेको हो । चिसोका कारण प्रभावित विपन्न बस्तीका नागरिकलाई राहत स्वरुप न्यानो कपडा वितरण गरेको जेसीजले जनाएको छ ।

सिमरा जेसीज वर्ष २०२४ का अध्यक्ष लक्की रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. २२ का वडाध्यक्ष शेखरकाजी रुम्बा, जेसीजका पूर्वअध्यक्ष धनन्जय थोकर, शालिकराम अधिकारी, लक्ष्मण अधिकारी, सल्लाहकार हरिशरण अधिकारी, महासचिव अस्मिता शर्मासहित जेसीजको वर्ष २०२४ का पदाधिकारी र सदस्यलगायतको उपस्थिति रहेको थियो ।

रिमालको नेतृत्वमा निर्वाचित जेसीज वर्ष २०२४ का पदाधिकारीले हालै पदस्थापन गरेका थिए । रिमालको नेतृत्वमा निर्वाचित पदाधिकारीमा कार्यकारिणी उपाध्यक्ष सुमित अधिकारी, रेवती देवकोटा, कानुनी सल्लाहकार सुशील पौडेल, महासचिव अस्मिता शर्मा, कोषाध्यक्ष द्वारिका पौडेल, उपाध्यक्ष भरत आचार्य, रामेश्वर बाँस्कोटा, सोनी कार्की र राजु चौरसिया रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*