आर्थिक अभावका कारण चादनीको उपचारमा समस्या, सहयोग गर्न परिवारको अपिल

ए वान डेस्क
१७ माघ २०८०, बुधबार १२:२५

ए वान डेस्क /

आर्थिक अभावका कारण जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ निवासी चादनी झाको उपचारमा समस्या भएको छ । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि सहयोग गर्न परिवारका सदस्यहरुले अपिल गरेका छन् ।

घरमा चिया पकाउने क्रममा आगलागी भई गंभिर भाईते भएकी झाको अहिले काठमाण्डौमा उपचार भईरहेको छ । गत माघ ४ गते आफ्नै घरमा चिया पकाउने क्रममा उनको शरिरमा आगो लागेको थियो ।

शरिरमा आगो लाग्ने बित्तिकै परिवारका सदस्यहरुले उनलाई विरगञ्ज लगेका थिए । विरगञ्ज मेडिकलमा उपचारपछि गंभिर घाईते उनलाई काठमाण्डौमा उपचारको लागी लगिएको थियो । चिकित्सकको सल्लाह अनुसार उनको अप्रेशन गर्नुपर्ने भएपछि परिवारका सदस्यहरुले उपचारमा सहयोग गर्न अपिल गरेका हुन् ।

श्रीमान अरुण कुमार झाले उपचारमा सहयोग गर्न आग्रह गर्नुभयो ।

सहयोगको लागी सुजित झाको मोबाईल नम्बर ९८१४२७५६३६ फोन गरेर वा अरुण कुमार ब्राहमनको खाता नम्बर नेपाल ईनभेष्टमेन्ट बैंक लिमिटेडको खाता नम्बर ००३०५२८०२५९५४५ मा रकम सहयोग गर्न सक्नुहुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*