मूल्य बढेसँगै आजदेखि, पेट्रोल, डिजेल र ग्यासको मूल्य कति ?

ए वान डेस्क
१८ माघ २०८०, बिहीबार ०९:०२

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको छ।

यसैगरी एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ वृद्धि भएको निगमले जनाएको छ । निगमका अनुसार बुधवार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य क्रमशः रु ४.५३ र रु. २.३२ ले बढेर भएको छ । यसैगरी एलपी ग्यासको मूल्य पनि प्रति सिलिन्डर १५ रुपैयाँ ७८ पैसा बढेर आएको निगमले जनाएको छ ।
सोहीअनुसार निगम सञ्चालक समितिको बैठकले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल र डिजेल तथा मट्टितेलमा क्रमशः ४ र २ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १७० रुपैयाँ प्रतिलिटर कायम भएको छ । यसैगरी डिजेल तथा मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम हुँदा ग्यासको नयाँ मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ कायम भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*