यू-१९ क्रिकेट विश्वकपः नेपाल ११ औँ स्थानमा सीमित

ए वान डेस्क
२१ माघ २०८०, आईतवार १४:१०

दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपअन्तर्गत नेपाल ११ औँ स्थानमा सीमित भएको छ ।

विश्वकपको ‘सुपर सिक्स’ अन्तर्गतको दुवै खेलमा पराजय भोगेपछि नेपाल ११ औँ स्थानमा सीमित भएको हो ।

सुपर सिक्सअन्तर्गत नेपालले बंगलादेशसँग ५ विकेट तथा भारतसँग १ सय ३२ रनको पराजय भोगेको थियो ।

त्यसअघि समूह चरणमा भने न्यूजिल्यान्डसँग ६४ रन तथा पाकिस्तानसँग ५ विकेटको पराजय भोगेपनि अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा पुगेको थियो ।

विश्वकपको वरीयताअनुसार टेस्ट राष्ट्र जिम्बाब्वे र अफगानिस्तानलाई पछि पार्दै ११ औँ स्थानमा रहेको हो । जिम्बाब्वे १२ औँ तथा अफगानिस्तान १३ औँ स्थानमा सीमित भए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*