बारा प्रहरीद्धारा जीतपुरसिमराबाट नक्कली नोटसहित ५ जना पक्राउ

ए वान डेस्क
२६ माघ २०८०, शुक्रबार १६:०६

जिल्ला प्रहरी कार्यालय बाराले नक्कली नोट सहित ५ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । बिहिबार पत्रकार सम्मेलन गरी बारा प्रहरीले नक्कली नाटेसहित पक्राउ परेका ५ जनालाई सार्वजनिक गरेको हो ।

प्रहरीले विशेष सूचनाको आधारमा जितपुरसिमरा उप महानगरपालिका वडा नम्बर ७ जितपुर बजारमा नक्कली नोटको कारोबार गरिहेको अवस्थामा माघ २४ गते पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं ३ बस्ने वर्ष ४४ को रामचन्द्र महतो कोईरी , बाराको परवानिपुर गाउँपालिका वडा नं ५ बस्ने सुमित साह , सोही ठाउँ बस्ने संतोष पटेल र वीरगंज महानगरपालिकावडा नं १० बस्ने बिशाल कुमार श्रिवास्तव र सोही ठाउँ बस्ने निरज श्रिवास्तव रहेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट प्रहरीले ६१ हजार नक्कली नोट नियन्त्रणामा लिएको थिाये । प्रहरी उपरीक्षक काफ्लेले पक्राउ परेकाहरुको बिषयमा थप अनुसन्धान भईरहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*