आधाभार जंगलमा सवारी दुर्घटना, २ जनाको को मृत्यु, ३ घाईते

ए वान डेस्क
९ फाल्गुन २०८०, बुधबार ०९:१४

बाराको आधाभार जंगलमा आज बिहान भएको सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम लोकमार्ग अन्र्तगत जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित आधाभारमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको बताईएको छ भने तिन जना घाईते भएका छन । जसमध्य एकको अवस्था निकै गभिर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक राम कुमार महतोका अनुसार हेटौडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बुलेरो र विपरित दिशाबाट जादै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक एक आपसमा ठोक्किएको थियो ।

घाईतेहरुको पर्वानिपुर स्थित एल एस न्युरो असपतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हाल सम्म मृतक र घाईतेको पहिचान खुल्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*