जीतपुरसिमरा २४ मा ८ दिने उधमशिलता विकास तालिम सम्पन्न
जीतपुरसिमरा उपमहागरपालिका वडा नम्बर २४ मा ८ दिने उधमशिलता विकास तालिम सम्पन्न भएको छ । गरिवी निवारणको लागी लघु उद्यम विकास कार्यक्रम मेडपा अन्र्तगतको ८ दिने तालिम आज सम्पन्न भएको हो ।
तालिममा व्यवसाय सचेतना, व्यवसाय शुरु र लैंगिक सचेतना तथा सामाजिक समावेशिकरणको बिषमा प्रशिक्षण दिईएको थियो । जीतपुरपसमरा उमहानगरपाकिलाको उद्यम विकाश शाखाले आयोजना गरेको तालिममा २० भन्दा बढि महिलाहरुको सहभागिता रहेको थियो ।
तालिमका सहभागिहरुलाई आज एक कार्यक्रमकाबिच उप प्रमुख भोला प्रसाद अधिकारीले प्रमाण पत्र प्रदान गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्दै अधिकारीले तालिमबाट सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा समाजसेवी अनिल गुप्ता, मेडपाका दिप नारायण चौधरी लगायतको उपस्थिति रहेको थियो ।















