सिमरा भेट्रान क्लबको तेश्रो साधारणसभा सम्पन्न
ए वान डेस्क /
बाराको सिमरामा रहेको सिमरा भेट्रान क्लब सिमराको तेश्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको एक कार्यक्रमकाबिच जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रवक्ता भोज बहादुर खत्री ईश्वरलेले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै खत्री भेट्रान क्लबले आपसी भाईचाराको सम्बन्ध स्थापित गरेको बताउनुभयो । वडा नम्बर ४ का वडा अध्यक्ष समेत रहनुभएका खत्रीले भेट्रान क्लबको गतिविधि प्रशंसायोग्य रहेको भन्दै आगामी दिनमा आफुले सकेको सहयोग गर्ने बताउनुभयो ।
सिमरा पार्कमा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो । क्लबका अध्यक्ष राज कपुर राउत विजयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बरिष्ठ सल्लाहकार बिनोद परियारले गर्नुभएको थियो ।
कार्यक्रममा क्लबका सदस्य हरि चौधरीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमकाबिच क्लबका अध्यक्ष राज कपुर राउतले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष रिता कडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।















