जीतपुरसिमरा महोत्सव २०८० : आज आउदैछन् यी कलाकार

ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मा जारी जीतपुरसिमरा महोत्सव २०८० मा आजपनि नेपालका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने भएका छन् । महोत्सवमा आज नेपालका चर्चित कलाकारहरु डेभिड शंकर, रमेश क्षेष्ठ मेलोडी र प्रमोद जख्मीले आफने प्रस्तुती देखाउने भएका हुन् ।
चर्चित गायक डेभिड शंकरले छक्का पञ्जा लगायतका चलचित्रमा आफ्नो स्वर दिएका छन् । दर्जन भन्दा बढि गितमा स्वर दिईसकेका डेभिड शंकरका गितहरु निकै लोकप्रिय छन् ।
यस्तै बिभिन्न बिधाको गितमा आफ्नो स्वर दिईसकेका रमेश श्रेष्ठ मेलोडी पनि आज महोत्सवमा आउदैछन् । कार्यक्रम सञ्चालक समेत रहेका श्रेष्ठ देशैभर आयोजना हुने महोत्सवमा पुग्ने कलाकार मध्यका एक हुन् ।
यता, भोजपुरी क्षेत्रमा आफ्नो नाम स्थापित गराउन सफल गायक प्रमोद जख्मी पनि आज आउदैछन् । संगित क्षेत्रमा आफ्नो भबिष्य खोजिरहेका जख्मी पनि बिभिन्न मेला महोत्सवमा पुग्ने गरेका छन् ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा फागुन १८ गतेदेखि शुरु भएको महोत्सव फागुन २९ गतेसम्म चल्नेछ । प्रथम जीतपुरसिमरा एक्स्पो २०२४ समेत आयोजना गरिएको महोत्सवमा प्रथम डान्स च्याम्पियन पनि सञ्चालन भईरहेको छ ।
हिजोदेखि शुरु भएको डान्स च्याम्पियनमा १९ जनाको सहभागिता रहेको छ । डान्स च्याम्पियनमा कलाकार राजिव चौधरी र डान्स कोरियोग्राफर विशाल श्रेष्ठ निर्णायकको भुमिकामा छन् । डान्स च्याम्पियनको प्रथम हुनेले नगद ३० हजार, द्धित्तियले २०, तृत्तियले १० र चौथो हुनेले ५ हजार रुपैया प्राप्त गर्नेछन् ।