सिरहामा ४ दिनको अवधिमा ३ महिलाको हत्या, यौन र ऋण प्रमुख कारण

ए वान डेस्क
५ चैत्र २०८०, सोमबार ०९:३८

गत फागुन २७ गते बिहान सिरहाको गोलबजार नगरपालिका ६ की ३२ वर्षीया अनिता देवी साहको विभत्स हत्या भयो । बिहान करिब २ बजे श्रीमान ३५ वर्षीय महेन्द्र साह अत्तालिँदै घरबाट निस्केर चिच्याएपछि स्थानीयले घटना थाहा पाएका थिए, त्यसपछि प्रहरीले खबर पायो ।

साह दम्पति गत ६ महिनादेखि स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर ‘न्यू स्टार’ नामबाट होटेल सञ्चालन गरेका थिए । होटेल भित्रै सुत्ने कोठामा अनिताको शव फेला पर्यो । शरीरका विभिन्न भागमा धारिलो हतियार तथा ढुंगा प्रहार भएको थियो । प्रहरीले घटनालगतै उनका पति महेन्द्रसहित केही व्यक्तिलाई नियन्त्रणमा लियो ।

तालिमप्राप्त कुकुरसहितको अनुसन्धानबाट पति महेन्द्रले नै पत्नी अनिताको विभत्स हत्या गरेको खुलेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले बताए । ‘घटनास्थलबाट बरामद भएको मृतकको पिठ्युमा थिचेको ढुङ्गा, घरमा चक्कु/खुकुरीमा धार लगाउन प्रयोग गर्ने ढुङ्गा, कोठामा फेला परेको चप्पल र घडी, खाल्डोमा फेला परेको खुकुरी महेन्द्रकै हो भन्ने उनकै ११ वर्षीया छोरीले पहिचान गरेकी छन्,’ डिएसपी पाण्डेले भने, ‘पक्राउ परेका शंकास्पद व्यक्तिले पनि उनकै संलग्नता रहेको बयान दिएपछि महेन्द्रले नै हत्या गरेको हाम्रो निष्कर्ष छ ।’

महेन्द्रमाथि चैत १ गतेदेखि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिरहाबाट १० दिनको म्याद थप गरेर इलाका प्रहरी कार्यालय गोलबजार सिरहाले थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*