सवारी धनी र चालकसहित ९ जनाको मृत्यु, सबैको सनाखत (अपडेट)

ए वान डेस्क
६ चैत्र २०८०, मंगलवार ०८:१४

मध्य पहाडी लोकमार्ग अन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–६ को जाउलेपानीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

दुर्घटनामा परी घटनास्थलमै ७ जनाको मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारका लागि अस्पताल पुर्याउने क्रममा ज्यान गएको हो । घटनामा २५ जना घाइते भएका छन् । बसमा चालकसहित ३३ जना सवार रहेको प्रहरीले जनाएको छ ।

रुकुम पूर्वका प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार रुकुम पश्चिमबाट सोमबार बिहान साढे ११ बजे काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको यात्रु बस साँझ ५ बजेर २० मिनेटमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी दाङका १८ वर्षीय लक्की पुनमगर, रुकुम मुसिकोटका २७ वर्षीय विनिता केसी, सोही ठाउँका सवारीधनी बबी ददेल नेपाली, टिका केसी, मुसिकोटकै कल्पना केसी, चालक रोल्पाका मानसिंह विक, गोरखाकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकूम पूर्वका विक्रम परियारको मृत्यु भएको छ ।

दुर्घटनामा बस सडकदेखि १५० मिटर तल खसेको थियो । भिरमा खोँचमा परेका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*