सिमरामा ३ दिने खाद्य मेला हुने

फोटो : गुगल
ए वान डेस्क
१३ फाल्गुन २०७४, आईतवार ०८:२८

ए वान डेस्क /

बाराको सिमरामा ३ दिने खाद्य मेला प्रदर्शनी हुने भएको छ । क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाको आयोजनामा यही २४, २५ र २६ गते सिमरामा खाद्य मेला प्रदर्शनी हुन लागेको हो । परमपरागत रुपमा रहेका खाद्य प्रदर्शन, सचिवालय मार्फत बिभिन्न प्रविधिको बिषयमा जनकारी गराउने र घरेलु उत्पादनको प्रचार गर्ने उदेश्यका साथ सिमरामा मेला आयोजना गर्न लागिएको कार्यालय प्रमुख राजकुमार रिजालले जानकारी दिनुभयो ।

रिजालका अनुसार मेलामा स्थानीय तथा राष्ट्रिय कलाकाहरुले समेत आफ्नो प्रस्तुति देखाउनेछन् । मेलामा खाद्य प्रविधि सम्बन्धी महत्वपुर्ण स्टल राखिने भएकाले अवलोकनका लागी आउन रिजालले सबैमा आग्रह गर्नुभयो ।

मेलाबारे थप जानकारी दिन आयोजकले यही २० गते पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*