१५ लाख रुपैयाँबराबरको भन्सार छलीका सामान बरामद

ए वान डेस्क
९ चैत्र २०८०, शुक्रबार ०९:२४

वीरगन्ज — भन्सार राजस्व छली सीमावर्ती भारतीय बजारबाट चोरी पैठारी गरी वीरगन्जतर्फ ल्याउँदै गरेको कपडा, चकलेट र प्याज प्रहरीले बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय बिर्ताको टोलीले वीरगन्जको नगवा, भिस्वालगायतका क्षेत्रबाट करिब १५ लाख मूल्य रुपैयाँबराबरको भन्सार छली गरी भित्र्याइएको कपडा, चकलेट र प्याज बरामद गरेको प्रहरी निरीक्षक पुष्कर बोगटीले जनाएका छन् ।

आवश्यक कारबाहीका लागि ती सामान वीरगन्ज भन्सार कार्यालय पठाइएको वडा प्रहरी कार्यालय बिर्ताले जनाएको छ । जानकारका अनुसार मुख्य नाकामा प्रहरीले कडाई गरेपनि खुल्ला सीमानाको फाइदा उठाउँदै तस्करले भन्सार छलीका सामान भित्र्याउने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*