तेस्रो डुमरवाना गोल्डकप : मकवानपुर ११ सेमिफाईनलमा प्रवेश
ए वान डेस्क /
मकवानपुर ११ हेटौडा रिगल रिसोर्ट तेस्रो डुमरवाना गोल्डकप २०८० को सेमिफाईनलमा प्रवेश गरेको छ । चारपाते खेल मैदानमा आज भएको अन्तिम क्वाटरफाईनल खेलमा विरगञ्ज युथ एकेडेमी विरगञ्जलाई १–० गोल अन्तरले पराजित गर्दै मकवानपुर ११ हेटौडा रिगल रिसोर्ट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो ।
फाईनल प्रवेशको लागी हेटौडाले अब भरतपुर फुटबल क्लबसंग चैत्र २२ गते अन्तिम सेमिफाईनल खेल खेल्नेछ । हेटौडाको जितमा मनोज तामाङले निर्णायक गोल गरेका थिए ।
प्रतियोगिता अन्र्तगत हेटौडाका मनोज तामाङ म्यान अफ द म्याच घोषित भए । उनलाई बारा क्षेत्र नम्बर ३ का पुर्व प्रतिनिधिसभा सदस्य रामबाबु कुमार यादव र शुभारम्भ कलेजका डा. राहुल कुमार झाले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिता अन्र्तगत भोलि पहिलो सेमिफाईनल खेल हुनेछ । भोलि विरगञ्ज युनाईटेड विरगञ्ज र निजगढ एफसी बिच खेल हुनेछ । जनमुखी युवा चारपाते क्लबको आयोजनामा भएको प्रतियोगिता चैत्र २३ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार र उप बिजेताले नगद ७५ हजार रुपैया प्राप्त गर्नेछन् ।















