तेस्रो डुमरवाना गोल्डकप : विरगञ्ज युनाईटेड फाईनलमा प्रवेश

ए वान डेस्क
२१ चैत्र २०८०, बुधबार १९:४९

ए वान डेस्क /

विरगञ्ज युनाईटेड विरगञ्ज तेस्रो डुमरवाना गोल्डकप २०८० को फाईनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाईनल खेलमा निजगढ एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै विरगञ्ज युनाईटेड फाईनलमा प्रवेश गरेको हो ।

विरगञ्जलाई फाईनलमा पुर्याउने क्रममा विशाल चौधरीले निर्णायक गोल गरेका थिए । थुप्रै अवसरहरुका बिच विरगञ्जले दोश्रो हाफमा लिएको अग्रता नै निर्णायक बन्न पुग्यो । प्रतियोगिता अन्र्तगत विरगञ्जका चौधरी म्यान अफ द म्याच घोषित भए ।

उनलाई प्रोगेस एजुकेश एकेडेमीका सञ्चालक संतोष साहले म्यान अफ द म्याचको पुरस्कार प्रदान गरेका थिए । अब उपाधीका लागी विरगञ्ज युनाईटेडले भोलिको खेलको बिजेतासंग अन्तिम भिडन्त गर्नेछ । प्रतियोगिताको फाईनल खेल चैत्र २३ गते हुनेछ ।

प्रतियोगिता अन्र्तगत भोलि भरतपुर फुटबल क्लब र हेटौडा रिगल रिसोर्ट एन्फा एकेडेमी मकवानपुरबिच प्रतिस्पर्धा हुनेछ । दुई टिमबिचको खेल दिउसो ३ बजेदेखि शुरु हुने आयोजक श्री जनमुखी युवा चारपाते क्लबले जनाएको छ ।

चैत्र २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार र उप बिजेताले नगद ७५ हजार रुपैया प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*