प्रधानमन्त्री दाहाल भन्छन् : सरकार केही हुन्न, माधव कमरेडहरू तलमाथि गर्नुहुन्न
प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धन तत्काल नभत्किने बताएका छन् । शुक्रबार बिहान माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले गठबन्धन नभत्किने ब्रिफिङ गरेका हुन् ।
प्रधानमन्त्री दाहाल भन्छन् स् सरकार केही हुन्न, माधव कमरेडहरू तलमाथि गर्नुहुन्न
बैठकमा उपस्थित एक माओवादी सांसदका अनुसार पार्टी अध्यक्ष र संसदीय दलका नेतासमेत रहेका दाहालले गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी पार्टी पनि सँगै रहने बताएका हुन् । दाहालको भनाइ उद्धृत गर्दै ती सांसदले भने, ुसरकाररगठबन्धन तत्काल केही हुन्न । माधव कमरेडहरूको तलमाथि हुन्न ।ु
प्रधामन्त्री दाहालले बिहीबार विराटनगरमा माधवकुमार नेपाल अर्को समीकरणमा नजाने दाबी गरेका थिए । सत्ता गठबन्धनमै भए पनि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले महत्त्वपूर्ण निर्णय लिँदा आफूसँग परामर्श नगरेको भन्दै नेपाल असन्तुष्ट देखिन्छन् ।
साँझ कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा नेपालसहित, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर मधेशमा सरकार निर्माणबारे छलफल गर्न पुगेका थिए ।















