नगर प्रमुख डा. पौडेलले गरे सडक ढलानको सिलन्यास

ए वान डेस्क
१३ फाल्गुन २०७४, आईतवार १८:३५

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले दुई सडक ढलान योजनाको आज सिलन्यास गरेका छन् ।
वडा नम्बर २ सिमरास्थित कर कार्यलयको उत्तरतर्फको सडक र नरवस्तीस्थित सडक ढलानको उनले आज शिलन्यास गरेका हुन् ।

सडक ढलानको सिलन्यास गर्दै नगर प्रमुख डा. पौडेलले नगर सभाले प्राथमकितामा राखेको सडक संजालको योजनाको कामले अहिले गति पाईरहेको बताएका छन् । नगर प्रमुख डा. पौडेलले सडक विस्तारको कामलाई सहज बनाउन र योजनाको कामलाई सफल बनाउनका निम्ति नगरबासीसंग आग्रह समेत गरेका छन् ।

सिलन्यास कार्यक्रममा वडा अध्यक्ष तिलक श्रेष्ठ, वडा सदस्य धनबहादुर श्रेष्ठलगायत उपभोक्ता समितिका अध्यक्षसहित नगरबासीको उपस्थिती रहेको थियो । नगर प्रमुखले नरवस्तीमा नौ लाखको लागतमा निर्माण हुन लागेको सडक ढलानको समेत शिलन्यास गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*