जीतपुरमा यामाहाको शोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा

ए वान डेस्क
१४ फाल्गुन २०७४, सोमबार १४:३३

ए वान डेस्क /

बाराको जीतपुरमा आजदेखि यामाहा मोटरसाईकलको अत्याधुनिक शोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा आएको छ ।
जीतपुरका लागि यामाहा बाइकको आधिकारिक विक्रेता आजम इन्टरप्राईजेजले जीतपुरसिमरा उपमहानगरपालिका ७ रातोपुल नजिक आजदेखि नया शोरुम तथा सर्भिस सेन्टर शुरु गरेको हो ।

करिब २ वर्ष अघिदेखि जीतपुरकै इलाका प्रहरी कार्यालय अगाडि सञ्चालनमा रहेको आजम इन्टरप्राईजेजले नया स्थानमा स्थान्तरण संगै आधुनिक सेवाको शुभारम्भ गरेको हो । आधुनिक प्रविधि जडित सर्भिस सेन्टर प्रदेश नम्बर २ कै पहिलो र एकमात्र रहेको आजम इन्टरप्राईजेजका सञ्चालक मुगलेआजम मंसुरले जानकारी दिनुभयो ।

विश्वविख्यात यामाहा कम्पनीका मोटरसाईकल तथा स्कुटरहरु विक्रिका साथै दक्ष प्राविधिकहरु मार्फत मोटरसाईकल तथा स्कुटरको सर्भिस सेन्टर शुरु गरिएको मंसुरले बताउनुभयो ।

ग्राहकलाई सेल्स, सर्भिस र स्पेयर्स तिनवटै सुविधा एकैस्थानमा सहज ढंगबाट उपलव्ध गराउन नयाँ प्रविधि र स्थानमा रुपान्तरण भएको आजम इन्टरप्रांईजेजका सञ्चालक मंसुरले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*