बारा प्रहरीद्वारा ६ जना फरार प्रतिवादीहरू पक्राउ

ए वान डेस्क
६ मंसिर २०८१, बिहीबार २०:१४

अदालतबाट सजायको फैसला पाएपछि फरार भएका ६ जना प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा र मातहतका प्रहरी ईकाई कार्यालयबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने प्रतिबादीहरुमा हातहतियार तथा खरखाजाना मुदामा तीन महिना कैद सजाय तोकिएका निजगढ नगरपालिका–३ का मेललाल भन्ने मँगल बहादुर पाखरिन,सवारी ज्यान मुदामा एक बर्ष कैद सजाय पाएका कलैया उपमहानगरपालिका–१८ मोतसरका शयाम कुमार बैठा र लागुऔषध मुदामा अदालतबाट २० दिन कैद सजाय पाएका कलैया–१२ सितलपुरका मनोज साह रहेका छन ।

यसैगरि चेक अनादर मुदाका सुवर्ण गाउँपालिका–२ कबही गोठका राजिव यादव,मर्धबिस यादव र अनुरु कुमार यादवलाई पनि पक्राउ गरिएको बाराका प्रहरी प्रबक्ता एवम् डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । पक्राउ परेका सबैलाई आवशयक कारवाहीको लागि अदालतमा पेश गरिएको सापकोटाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*